काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० दशमलव १८ अंकले बढेसँगै बजार २६ सय ३२ दशमलव ४७ को विन्दुमा कायम भएको छ। आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीले आज ९.९७ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै पन्चकन्या माई हाइड्रोका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ९२ प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया