नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ७ अर्ब १२ करोड 

‘बैंकिङ्ग समूहमा २६.७५ प्रतिशतको वृद्धि’


काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)३० दशमलव ९ अंकले बढेसँगै बजार २६ सय  २५ दशमलव ८४ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ । 

आज दिनभरिमा ३२८  कम्पनीको १ करोड ६६ लाख  ४३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको  ५७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीले आज ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ५७ प्रतिशतका दरले गुमाएका छन् ।