काठमाडौं – सुनचाँदी व्यवसायीको जारी आन्दोलनका कारण आज असार १५ गतेका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रुपमा बिहान १०ः३० बजे आसपास सो मूल्य तोक्ने र सार्वजनिक गर्ने प्रचलन रहँदै आएकोमा आज भने मूल्य तोकिए पनि सार्वजनिक गरिएको छैन।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर लगाएको छ भने गहनामा हिरा र अन्य बहुमूल्य पत्थर जडान गरिएमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रावधान राखिएको छ। यही करको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।





About Us
प्रतिक्रिया