मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं– मुक्तिनाथ विकास बैंकले साविक शेयरधनीको लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले केही विद्यमान संस्थापक शेयरधनीहरूकाे शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिदका लागि इच्छुक साविक संस्थापकहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन दिनका लागि  बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट आवेदन दिनुपर्नेछ । बैंकले शेयर कित्ता संख्या भने खुलाएको छैन ।