काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले कायममुकायमको जिम्मेवारी पाएका छन् । गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्यान्डमा हुने एक कार्यक्रममा सहभागी हुन निस्किएसँगै कामुको जिम्मेवारी मिश्रलाई दिइएको हो ।
गभर्नरका रुपमा नेपाल राष्ट्र बैंक प्रवेश गरेपछि पौडेल पहिलोपटक अन्तर्राष्ट्रिय भ्रमणमा निस्किएका हुन् ।
यता राष्ट्र बैंककी सिनियर डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना पनि बंगलादेशको भ्रमणमा छिन् । सिनियर डेपुटी गभर्नर ढुंगाना पनि स्वदेश नहुँदा अर्थमन्त्रालयले कामु गभर्नरको जिम्मेवारी मिश्रलाई दिएको हो ।





About Us
प्रतिक्रिया