एनएमबि लघुवित्तले बोलायो १२ औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ? 


काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई असार ३२ गते १२ औँ वार्षिक साधारण सभामा बोलाएको छ । संस्थाको असार १० गते बसेको सञ्चालक समितिको १७६ औँ बैठकको निर्णयबाट उक्त सभा बिहान ९ बजे होटेल सिटी स्क्वायर प्राइभेट लिमिटेड पोखरा–८ न्यूरोड कास्कीमा सुरु हुने भएको हो । 

उक्त, सभामा संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरी ५१ प्रतिशत कायम गर्ने तथा सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । 

साथै, उक्त सभा प्रयोजनका लागि कम्पनीले असार २४ गते  बुक क्लोज गर्ने निर्णय गरेको छ । जसकारण २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।