दुई दिनमा ३२ सय रुपैयाँले घट्यो सुनको मूल्य 


काठमाडौं –  बुधबार आज नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ।  

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। यससँगै चाँदी २ हजार १४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १६० रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार प्रतितोला १ हजार ७०० सय रुपैयाँले घटेको सुन आज १५ सय रुपैयाँले घटेसँगै २ दिनमा सुनको मूल्यमा ३२ सय रुपैयाँले गिरावट आएको छ ।