दोर्दी खोला जलविद्युतको लक इनमा नरहेको हकप्रद शेयर बिक्रीमा


काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनीले  १९ लाख  ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले असार २४ गतेदेखि असार ३२ गतेसम्म लकइनमा नरहेको हकप्रद शेयर बिक्री गर्ने भएको हो । 

कम्पनीले १ः१ अनुपातमा प्रति शेयर १०० रुपैयाँ दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । बाँकी रहेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर जेठ ११ गतेदेखि जेठ २० गतेसम्म लिलामीमा राखेको थियो ।

उक्त समयमा समेत बिक्री नभएको सर्वसाधारण समूहतर्फको ९३ हजार ६२९ कित्ता सेयर कम्पनीले पुनः लिलामीमा राखेको हो। उक्त शेयर  खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण शेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।