काठमाडौं – पछिल्लो समयम बैंकिङ्ग निक्षेपमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको असार ५ र ६ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा ३ अर्बको वृद्धि देखिएको हो ।
असार ५ गते ७० खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ७० खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ३ अर्बले नै बढेर ६२ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।
सो अवधिमा बैंकिङ्ग निक्षेपसँगै कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । असार ६ गते बैंकिङ्ग प्रणालीबाट ५५ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो दिन ५५ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
असार ५ गते ४९ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ६ गते ४९ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो समयमा अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत र सिडी रेसियो ७८ दशमलव २२ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया