प्रतितोला १७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ । हिजो तोलाको २ हजार १७० रुपैयाँमा किनबेच भएको थियो ।