काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनीले असार २२ गतेदेखि २४ गतेसम्म जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। तालिममा सहभागी हुनका लागि असार १८ गतेसम्म निवेदन पेश गर्नुपर्नेछ ।
तालिम लिन इच्छुकले नजिकैको शाखा कार्यालय वा बजार व्यवस्थापन विभागमा सम्पर्क गरी सहभागि हुन सक्नेछन् । तालिम शुल्क भने ५ सय रुपैयाँ लाग्नेछ ।
तालिममा सहभागि हुनका लागि नेपाली नागरिकताको प्रतिलिपि, प्लसटू वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार्डको प्रतिलिपि पेश गर्नु पर्नेछ।





About Us
प्रतिक्रिया