काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा आज बस्दैछ। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश कर सहित वितरणको प्रस्ताव पारित गर्नेछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ।
गत आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।





About Us
प्रतिक्रिया