काठमाडौं – नेपाल राष्ट्र बैंकले सिमाभन्दा बढी चालुपुँजी कर्जा लिने व्यवसायीहरुलाई सो रकम फिर्ता गर्न २ वर्षको समय दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गभर्नरको पद सम्हालेको केही समयमा नै बैंकर र व्यवसायीलाई खुशी बनाउने गरी यस्तो नीति लिएका हुन् ।
‘चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालूपुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने केन्द्रीय बैंकद्वारा जारी परिपत्रमा उल्लेख छ । त्यस्तै, मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
यसअघि, चालुपुँजी कर्जा सीमाभन्दा बढी गएमा सीमामा ल्याउनका लागी २०८२ असार मसान्तसम्मको समय दिइएकोमा गभर्नर पौडेलले एक वर्षकाे समय थपेर २०८३ साउन १ गतेदेखि मात्र लागु हुने व्यवस्था गरेका हुन् ।





About Us
प्रतिक्रिया