पश्चिम एसियामा तनाबसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य, ‘स्टेट अफ हर्मुजा’ बन्द गर्दै इरान


एजेन्सी । पश्चिम एसियामा द्वन्द चर्केसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । इजरायलले इरानमाथि हवाई हमला गर्दै युद्ध सुरु गरेपछि यतिबेला पश्चिम एसिया तनाबग्रस्त छ । यही तनाबका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढ्ने भएको हो ।

आणबिक हतियार बनाइरहेको आरोप लगाउँदै इरानमाथि इजरायलले सुरु गरेको सैन्य हमलामा अमेरिकाले समेत साथ दिएको छ । यससँगै, अमेरिकाले बीटू बम्बरमार्फत इजरायलका तीन आणबिक केन्द्रमा बंकर बस्टर बम खसालेको छ ।

इजरायल र इरानमा सिमित द्वन्दमा अमेरिका सामेल भएपछि क्षेत्रीय असन्तुलन पैदा भएको छ । यहीकारण, इरानले आफ्नो नियन्त्रण रहेको ‘स्टेट अफ हर्मुजा’ बन्द गर्ने चेतावनीसहित संसदबाट पारित नै गरेको छ । यो यस्तो समुन्द्री नाका हो, जहाँबाट विश्वमा आपूर्ति हुने कूल तेलमध्ये एकचौथाई यही मार्ग हुँदै जान्छ ।

स्टेट अफ हर्मुजा संयुक्त अरब इमिरेट्स र इरानबीचको अरब सागरको साुगुरो ठाउँ हो । जसको पूर्ण नियन्त्रण इरानले गर्ने क्षमता राख्छ । यहीकारण, यो क्षेत्र बन्द गर्ने तयारी इरानले थालिसकेको छ । विश्व बजारमा सबैभन्दा धेरै तेल आपूर्ति गरिरहेका मुलुकहरु साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान, कतार, इराक लगायत देशमा उत्पादित तेल समेत यही मार्ग हुँदै विश्व बजारसम्म पुग्छ ।

इजरायल र इरानबीच युद्ध चर्किएपछि डब्लूटीआई क्रुड आयलको मूल्य ७४ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ भने ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ७७ अमेरिकी डलरभन्दा माथि पुगेको छ । जबकी, यो क्षेत्रमा द्वन्द चर्किनुअघि ब्रेन्ट आयलको मूल्य प्रतिब्यारेल ६० अमेरिकी डलर हाराहारीसम्म आइपुगेको थियो ।

कोरोना महामारि र रुस–युक्रेन युद्ध तथा इजरायल प्यालेस्टाइन युद्धका कारण महँगिएर विस्तारै ओरालो यात्रामा रहेको तेलको मूल्य फेरी बढेको छ । यससँगै, विश्वभरको अर्थतन्त्रमा पुनः नराम्रो क्षति गर्ने निश्चित बनेको छ । मूल्य वृद्धिसँगै स्टेट अफ हर्मुजा बन्द भएसँगै विश्वको अर्थतन्त्र नै तहसनहस हुनेछ ।

यहीमार्ग हुँदै चीन, भारत र जापान जस्ता ठूला अर्थतन्त्र भएका देशले तेल आपूर्ति गर्छन् ।