प्रभु इन्स्योरेन्सको लाभांश घोषणा 


काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको हो । 

कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।