काठमाडौं – फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । यस संस्थाका संस्थापक शेयरधनी ग्रामीण महिला विकास मञ्चले आफ्नो नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुकले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र (असार१५) मा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि संस्थापक शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार काठमाडौंमा निवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया