पोखरा – पोखरा महानगरपालिका–३१ स्थित वेगनासताल किनारमा रहेको वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार अब प्रभु बैंकका ग्राहक, कर्मचारी तथा तिनका परिवारजनले वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा खाना र आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन्।
प्राकृतिक सुन्दरताले भरिपूर्ण बेगनासताल अवलोकन गर्ने ग्राहकहरूले अब स्वादिलो भोजनका साथै आरामदायक आवास सेवा पनि विशेष छुटमा पाउने सुविधा प्राप्त गर्नेछन्।
सम्झौताअनुसार, प्रभु बैंक तालचोक शाखाका कर्मचारी, उनीहरूका परिवार सदस्यहरू तथा बैंकका अधिकृत ग्राहकहरूले छुट सुविधा उपभोग गर्न सक्नेछन्। सम्झौता–पत्रमा रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल र प्रभु बैंक लिमिटेडको तर्फबाट तालचोक शाखाका प्रबन्धक श्री प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन्



About Us
प्रतिक्रिया