अभियान लघुवित्तले बोलायो पाँचौँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई असार ३० गते पाँचौँ  वार्षिक साधारण सभामा बोलाएको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको ११० औँ बैठकको निर्णयले  उक्त सभा ताम्राकार पार्टी भेन्यु, पनौती, काभ्रेपलान्चोकमा दिउँसो १२ः३० बजे बस्ने भएको हो ।  

उक्त, सभा प्रयोजनका लागि असार १६ गते संस्थाको शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) रहेको भएको छ ।  नेपाल स्टक एक्चेन्ज (नेप्से) मा असार १५ गतेसम्ममा कारोबार भई नामसारीको लागि यस संस्थाको शेयर रजिस्ट्रार कुमारी क्यापिटल, नागपोखरी काठमाडौं प्राप्त नामसारी लिखितको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले उक्त सभामा भाग लिन योग्य हुनेछन् ।