कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – कुमारी बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि आजदेखि संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार २ सय ५४ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो ।  

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, वा यस बैंकको प्रधान कार्यालय काठमाडौं –२ टंगालमा आइपुग्ने गरी आवेदन  दिन सक्नेछन्  । 

साथै, उक्त शेयर र्बैंकले तोकेको म्याद भित्र संस्थापक शेयरधनीबाट निवेदन नआएमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने यस कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।