राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको लक इन अवधि साउन ८ गतेदेखि सकिँदै 


काठमाडौं – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको लकइन अवधि आउँदो साउन ८ गते देखि सकिने भएको छ । कम्पनीको २०७९ साउन ९ गतेबाट ३ वर्षसम्मका लागि  लक इनमा राखेको कुल ३८ लाख ३२ हजार ६८६ कित्ता शेयरको अवधि साउन ८ गतेदेखि सकिने भएको हो ।  

लक इन अवधिमा खुल्न लागेको कुल शेयरमा संस्थापक शेयर, ३१ लाख ८६ हजार ५२८ सय कित्ता, आयोजना क्षेत्रका स्थानीय बासिन्दालाई बाँडफाँड गरिएको ५ लाख ७५ हजार १७० सय कित्ता र कर्मचारीको लागि सुरक्षित गरिएको ७० हजार ९८८ कित्ता रहेको छ ।