काठमाडौं – अख्तियार अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरेको छ ।
उनीहरूले विभिन्न योजनाहरूको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरूमा अनियमितता गरी भ्रष्टाचार गरेको आयोगको आरोप छ । उनीहरूलाई मोबाइल ४ थानसहित जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका वडा नं.१२ प्रतिमा चोक र वडा नं.३ प्रतिनगरबाट नियन्त्रणमा लिइएको हो।
साथै, हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंह र ऐ. नगरपालिका वडा नं २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट मोबाइल २ थान बरामद गरेको आयोगले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोग जनाएको छ।



About Us
प्रतिक्रिया