काठमाडौं – राष्ट्रिय बीमा कम्पनीले असार २९ गते लगानीकर्तालाई तेस्रो वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असार ५ गते बसेको ४४४ औं बैठकले उक्त सभा अनमोल क्याटरिङ्ग सर्भिस प्रा.लि, शंखमूल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले असार २३ गते शेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । असार २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागी हुन सक्नेछन् । साथै, कम्पनीले यस पटक लाभांश वितरण नगर्ने भएको छ ।





About Us
प्रतिक्रिया