काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार प्रतितोला सुनको मूल्य ४ सय रुपैयाँले बढ्याे। मूल्य बढेसँगै आइतबार प्रतितोला सुन १ लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भयो । आइतबार बढेको मूल्य सोमबार स्थिर रहँदै १ लाख ९७ हजार पाँच सय रुपैयाँमै कारोबार भयो ।
मंगलबार प्रतितोला सुनको मूल्य २५ सय रुपैयाँले घट्यो । मूल्य घटेसँगै त्यसदिन प्रतितोला छापावाल सुन १ लाख ९५ हजार रुपैयाँमा कारोबार भयो । बुधबार प्रतितोला ९ सय रुपैयाँले बढ्दै १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भयो ।
यस्तै, बिहीबार ४ सय रुपैयाँले घट्दै प्रतितोला सुन १ लाख ९५ हजार ५ सय रुपैयाँमा काराेबार भयाे । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले घट्दै प्रतितोला सुन १ लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भयो । समग्रमा यो साता सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट देखियो ।
प्रतिक्रिया