काठमाडौं – मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको जम्मा १ लाख ७२ हजार ३ सय ७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरमा संस्थाले फरक–फरक कित्ताका लागि फरक–फरक मूल्य तोकेकाे छ । जसअन्तर्गत १ लाख १४ हजार ७०६ कित्ता शेयरको मूल्य ३२० रुपैयाँ , ३६ हजार ८१० कित्ताको ३२५ रुपैयाँ र २० हजार ८५६ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ तोकिएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आफूले खरिद गर्ने शेयरको विवरण खुलाई लघुवित्तको सम्पर्क कार्यालय, सीता पाइला, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।
साथै, ३५ दिनभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले सूचना मार्फत जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया