प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार ?


काठमाडौं – नेपाली बजारमा शुक्रबार प्रतितोला सुनको मूल्य ८ सय रुपैयाँल घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला १ लाख ९५ हजार ५ रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २१ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २२ सय रुपैयाँमा किनबेच भएको थियो।