काठमाडौं – नेपाल राष्ट्र बैंकले व्यवसायको भुक्तानीमा मर्चेन्ट क्युआर प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले एक भिडियो सन्देश सार्वजनिक गर्दै व्यवसायको भुक्तानीमा क्युआर प्रयोग गर्नुपर्ने बताएको हो ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको उक्त भिडियोमा एक व्यपारीले सामान बेचिसकेपछि आफ्नो व्यक्तिगत क्युआरमा पैसा हालिदिन भन्छन् । तर, ग्राहकले भने व्यापार व्यवसायको भुक्तानी व्यक्तिगत क्युआरमा हाल्न नहुने भन्दै पसलकै क्युआरमा लिनुपर्ने बताउँछन् । ग्राहकले व्यवसायीलाई भन्छन्, ‘यसको रेकर्ड बस्छ । यसले तपाईलाई कानूनी कारबाही मात्रै नभई कानूनी कारबाही समते हुन सक्छ ।’
व्यापारीले केही हुँदैन भन्दा पनि ग्राहले भने पसलकै क्युआरमा भुक्तानी गर्छन् । त्यसपछि पनि उनले कानून मिच्न डाराउनुपर्ने भन्दै पसिने डर रहेको पनि बताउँछन् । अन्त्यमा भिडियो सन्देशमा भनिएको छ, ‘वस्तु तथा सेवा वापतको भुक्तानी व्यक्तिगत क्यु आरमा लिनु गैरकानूनी हो । त्यसो गर्दा तपाईले आर्जन गरेको सम्पत्ति वैधानिक हुँदैन । तसर्थ, व्यवसायको भुक्तानीमा मर्चेन्ट क्यु आर नै प्रयोग गरौं । कानूनको पालना गरौं ।’
यस्तो छ राष्ट्र बैंकको भिडियो सन्देश :






About Us
प्रतिक्रिया