काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी परेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ्ग कसुरमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्र बहादुर शाहले बताए।
प्रवक्ता शाहले बैंकिङ्ग समाचारसँग कुरा गर्दै भने,‘उहाँ विरुद्ध दुई /तीन दिन अगाडि हुलाक मार्फत उजुरी परेको हो। हुलाकबाट आएको उजुरीलाई सनाखत गर्नुपर्छ। हुलाक पठाउने व्यक्तिको सनाखत नभएकाले उजुरी दर्ता भएको छैन।’
साथै, शाहले उजुरी दर्ता र लगायतका थप अनुसन्धान प्रक्रिया उक्त व्यक्ति आएपछि मात्र अघि बढ्ने बताए। चौधरीविरुद्ध जाहेरी दिनेको बारेमा उजुरी दर्ता नभएसम्म खुलाउन नमिल्ने प्रवक्ता शाहले बताए।



About Us
प्रतिक्रिया