काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको ६१ औं बैठकबाट कम्पनीले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जसमध्ये १० प्रतिशत बोनश शेयर र ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्ताव बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिनेछ।





About Us
प्रतिक्रिया