काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको छ ।
यससँगै आज सुन तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २२ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २२ सय २५ रुपैयाँमै किनबेच भएको थियो।





About Us
प्रतिक्रिया