नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको अध्यक्षमा सुजित शाक्य


काठमाडौं – नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । नबिल बैंकको तर्फबाट इन्भेष्टमेन्ट बैंकिङ्गको अध्यक्षमा शाक्य नियुक्त भएका हुन् ।

बैंकिङ्ग क्षेत्रमा २८ वर्षभन्दा बढीको अनुभव संगालेका उनी हाल नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन्। भारतको नोयडामा कमर्स र बिकमर्स गरेका उनले भारतको इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

नेपाल श्रीलंका मर्चेण्ट बैंकबाट वित्तीय क्षेत्र प्रवेश गरेका उनले हिमालयन बैंकमा लक्ष्मी बैंकमा पनि काम गरिसकेका छन् । उनले कर्पोरेट बैंकिङ्ग, संस्था लायबलिटिको पनि अनुभव संगालिसकेका छन् । उनी एनआईसी एशिया बैंक, सिभिल बैंक, जनता बैंक हुँदै नबिल बैंक प्रवेश गरेका हुन् ।