काठमाडौं – केन्द्रीय बैंकले बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै कार्यदललाई सरोकारवाला निकाय तथा व्यक्तिले आफ्नो अनुभव र विज्ञताका आधारमा असार ११ गतेसम्म सुझाव उपलब्ध गराउन अनुराेध गरेको हो ।
सुझाव कार्यदलको ई–मेल [email protected] मा असार ११ गतेसम्म उपलब्ध गराउन सकिने सूचनामा केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ । राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रको सुधारका लागि ३ सदस्यीय सुझाब कार्यदल गठन गरेको छ । केन्द्रीय बैंकले पूर्वनिर्देशकसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्व उपसमिति गठन गरिएको हो ।
राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई ३० दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ ।



About Us
प्रतिक्रिया