सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँको वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कारोबार भएको थियो । आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ ।

यससँगै चाँदी तोलाको २२ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १६० रुपैयाँमै किनबेच भएको थियो।