दिनेश कुमार आचार्यको प्रहरी निरीक्षकदेखि प्रहरी नायब महानिरीक्षकसम्मको यात्रा…!


काठमाडौं – २०५३ सालतिर त्रिभुवन विश्व विद्यालयमा पढ्ने धेरैजसो विद्यार्थीहरू प्रहरी निरीक्षक (इन्स्पेक्टर) को पदमा आवेदन दिने गर्थे। आफ्ना साथीहरू सबैले इन्स्पेक्टरमा आवेदन दिएकाले गण्डकी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य पनि सो भीडमा संलग्न भए । 

त्यसयता उनी लामो समयबाट नेपाल प्रहरीमा कार्यरत रहेर देशको शान्ति सुरक्षा र कानुनको कार्यान्वयन गर्दै जनताहरूको सुरक्षा र शान्तिका लागि अहोरात्र खटिने प्रहरीहरूको सूचीमा पर्न सफल भएका छन् । उनले गण्डकी प्रदेश प्रहरीको प्रमुखका रूपमा २०८२ वैशाख २४ गते पदभर ग्रहण गरेका थिए । त्यसभन्दा अघि उनी नेपाल प्रहरीको प्रवक्ताका रूपमा कार्यरत रहेका थिए ।

उनी बाल्यकालमा पढ्ने, विभिन्न खेलकुदहरूमा, खोज, अनुसन्धानमूलक उपन्यासहरू पढ्नमा रुचि राख्ने गर्दथेँ । बाल्यकालदेखि नै उनकाे पढाइमा राम्रो थियाे । आचार्यले २०४५ मा रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि उनले अमृत साइन्स कललेबाट आईएसी र बिएसी गरे । यस्तै, त्रिभुवन विश्व विद्यालयबाट एमएसीसीकाे अध्ययन पुरा गरे ।

प्रहरीमा प्रवेश गर्दाको समय 

उनले एमएसी गर्दै गर्दा २०५३ सालमा प्रहरीको इन्स्पेक्टर पदमा भर्ना खुलेको थियो । सोही समयमा उनले इन्स्पेक्टरको पदको परीक्षा दिएका थिए । उक्त समय युद्धग्रस्त रहेकाले इन्स्पेक्टरको परीक्षाको परीक्षाफल आउन ढिला भइरहेको थियो । जस कारण उनले राम्रोसँग एमएसी गर्न पाएका थिए । उनले २०४५ सालमा एमएसी पास गरेसँगै, त्यही सालको चैत्रमा इन्स्पेक्टरको पदबाट नेपाल प्रहरीको यात्रा सुरु गरे ।  

उनलाई जीवनभरि एउटै किसिमको काम गरी रहन मन नलाग्ने भएकाले अन्य क्षेत्रमा जाने सोच नै नबनाएको उनी बताउँछन् । उनले बाल्यकालमा आफू प्रहरी नै बन्ने सोच पनि नरहेको सम्झिए । तत्कालीन समयमा त्रिभुवन विश्व विद्यालय पढ्ने धेरैजसो विद्यार्थीहरूले इन्स्पेक्टरमा आवेदन दिएकाले उनले पनि आवेदन दिएका थिए । नेपाल प्रहरीमा काम गर्दै गर्दा उनीमा प्रहरीतर्फ नै आकर्षण बढ्यो। 

आफूलाई एउटै किसिमको काम गर्न मन नलाग्ने र प्रहरीमा काम गर्दा धेरै क्षेत्रमा रहेर खोजी तथा अनुसन्धान गर्नुपर्ने, विभिन्न व्यक्तिहरूसँगको समन्वयनमा काम गर्न पाइने भएकाले आफूलाई अरू पेसाहरूमा भन्दा पनि प्रहरीमा रुचि रहेको उनले बताए।

 ४ हजार रुपैयाँबाट ‘करिअर’ सुरु 

आफ्नो काममा  अडिग रहेका उनले प्रहरीमा प्रवेश गर्दा नेपालको अवस्था युद्धले गर्दा गम्भीर रहेकाले प्रहरीमा काम गर्न सजिलाे थिएन । उनले नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट काम सुरु गरेका थिए । उनको उक्त समयमा चार हजार तलब थियो।प्रहरीमा प्रवेश गर्दाको सुरुवाती चरणमाभन्दा पनि प्रहरी नायब महानिरीक्षकको पदमा रहेर काम गर्दा अलि बढी गम्भीर अवस्था महसुस गरेको उनी बताउँछन् । ‘प्रहरीमा रहेर काम गर्दा परिवारबाट टाढा रहनुपर्ने भएकाले घरभन्दा पनि आफ्नो कामप्रति ध्यान दिनुपर्ने भएकाले गाह्रो हुने गर्छ । तर, आफ्नो धेरैजसो समय घरतिर नै परेकाले काम गर्न जागिर र परिवारलाई सम्हाल्न सहज नै छ,’ उनले भने ।

उनकाअनुसार प्रहरीको जागिर २४ घण्टा नै हुने भएकाले प्रेसरसँगै रमाइलो पनि हुन्छ । प्रहरीले पीडितलाई न्याय दिने क्रममा पीडित खुसी भए पनि पीडक सधैँ विपक्षमा रहन्छन् । अपराधीहरूसँग धेरै समय बिताउनु पर्ने भएकाले प्रहरीको जागिरमा अन्य पेसाहरूमा भन्दा बढी जोखिम हुने गरेको छ । प्रहरीकारुपमा काम गर्दै गर्दा पीडितहरूलाई न्याय दिन पाएकाले खुसी मिल्छ नै। प्रहरीको जिम्मेवारी र कर्तव्य नै प्रहरीको सहयोग प्रहरीको आवश्यकता भएको व्यक्तिहरूका लागि काम गर्नु रहेको उनी बताउँछन् ।

यस्तो छ अनुभव

उनले जिल्ला प्रहरी कार्यालय, अपराध अनुसन्धान महाशाखा, अख्तियार, शान्ति सुरक्षा जस्ता विभिन्न निकायहरूका विभिन्न पदमा रहेर काम गरेका छन् । उनी २०७९ मा एसएसपी भएका थिए । उनी रसुवा जिल्लाबाट प्रहरीको उच्च पदमा पुग्ने पहिलो व्यक्ति समेत हुन् । स्थानीय तहमा गएर जनचेतना फैलाउने र अनुसन्धानका लागि नयाँ प्रविधिहरूको प्रयोग गरेमा पछिल्लो समयमा हुने गरेका आर्थिक तथा वित्तीय अपराधका घटनाहरूलाई कमी गर्न सकिने उनले बताए ।