तीन लगानीकर्ता संघका प्रतिनिधिले भेटे सीडीएससीका नवनियुक्त सीईओ, शेयर बजार सुधार्न सुझाव 


काठमाडौं – शेयर लगानीकर्ता संघ, नेपाल पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघले  केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई भेटेका छन् । ३ वटै संघका प्रतिनिधिहरूले सीडिएसीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पन्दाकलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दूर दराजका लगानीकर्तालाई सेवा पु¥याउने, आईपीओमा आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभाकारी बनाउने । क्लियरिङ र सेटलमेन्ट  प्रक्रियामा समय सीमा छोट्टाउने, र लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण  गर्ने विषयहरूमा उनलाई लगानीकर्ताहरूले सुझाव दिएका हुन् ।

नेपालको पुँजी बजार प्रणालीलाई सशक्त, सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने अभियानमा महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएको यस संस्थाले प्रन्दाकलाई सो पदमा नियुक्त गरेको हो । साथै, सीडिएसी पुँजी बजारमा इलेक्ट्रोनिक रूपमा शेयर कारोबार, डिम्याट खाता व्यवस्थापन, सी–एसबा प्रणाली, शेयर ट्रान्सफर, मर्जर प्रक्रिया, बोनश र लाभांश वितरण लगायत सेवा प्रदान गर्दै आएको संस्था हो। उक्त संस्थाले अब ई–केवाईसी प्रणालीमा आधारित एकीकृत ट्रेडिङ प्रणालीलाई प्रवर्द्धनको भूमिका थप सहज बनेको बताइएको छ।