प्रतितोला २५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौं – नेपाली बजारमा आज सुनकाे मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा २५ सय रुपैयाँले घटेको हाे ।

यससँगै आज सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमै कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २ हजार १६० कायम भएको छ । हिजो चाँदी तोलाको २ हजार १६५ रुपैयाँमै किनबेच भएको थियो ।