काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले पुराना चार पाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । संस्थाले आफ्नो नाममा दर्ता रहेको टोयोटा फच्र्यूनर र टाटा सुमो विक्टा जीएक्स गरी दुई सवारी साधन बिक्रीमा राखेको हाे ।
संस्थाले टोयोटाको न्यूनतम मूल्य अभिवृद्धि करसहित २१ लाख र टाटा सुमोको १ लाख रुपैयाँ मात्र तोकेको छ । संस्थाले जहाँ जुन अवस्थामा छ सोही अवस्थामा सिलबन्दी मार्फत लिलाम बिक्री गरिने जनाएको छ ।
उक्त सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति वा जो कोहीले सूचना प्रकाशित भएको मितिले ७ दिन (असार ८) गतेसम्म कम्पनीकाे प्रधान कार्यालय बुटवमा सिलबन्दी बोलपत्रमा पेस गर्न सकिने संस्थाले जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया