काठमाडौं – एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच ताप्लेजुङको मैवाखोला र मेरिङदेन गाउँपालिकामा निर्माणाधीन १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानीका लागि वित्तीय सम्झौता सम्पन्न भएको छ ।
बैंकको तर्फबाट चिफ, सस्टेनेबल इनर्जी बैंकिङ्ग दिनेश दुलाल र कम्पनीका प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता पश्चात एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र प्रबन्ध निर्देशक सुब्बाबीच आधिकारिक रूपमा ऋण सम्झौता आदानप्रदान गरिएको हो।
कम्पनीका तर्फबाट सुब्बाले एनएमबि बैंकलाई धन्यवाद दिँदै आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजना तोकिएको लागत र समयसीमाभित्र सम्पन्न गर्न, साथै प्राविधिक, वातावरणीय र पर्यावरणीय पक्षमा ध्यान दिएर निर्माण अघि बढाउन सुझाव दिए ।



About Us
प्रतिक्रिया