काठमाडौं – कुमारी बैंकले सर्वसाधारणका लागि आजदेखि संस्थापक शेयर बिक्री खुला गरेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ८ सय ८१ कित्ता शेयर बिक्रीमा राखेको हो।
यस अघि बैंकले विद्यमान संस्थापक शेयरधनीको लागि उक्त शेयर बिक्रीमा राखेको थियो। सो शेयरमा उनीहरूबाट कुनै आवेदन नपरेकाले उक्त शेयर यस कम्पनीले सर्वसाधारणमा बिक्री गर्ने भएको छ।
उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । आवेदनका लागि यसै बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल काठमाडौं– १ नक्साल वा यस बैंकको प्रधान कार्यालय काठमाडौं –२ टंगालमा आइपुग्ने गरी निवेदन दिन सकिनेछ।



About Us
प्रतिक्रिया