काठमाडौं – नेपाल राष्ट्र बैंकले आजबाट १० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको जनाएको छ ।
राष्ट्र बैंकले १० रूपैयाँ दरको साविककै आकार तथा रङ्गमा, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याएको हो ।
यस्ता छन् विशेषताः
नोटको अग्र भागमाः
१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको
२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको
३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा “विसं २०८१” लेखिएको
नोटको पृष्ठ भागमाः
१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASTRA BANK” लेखिएको
२. नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको
३. नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा “ RUPEES TEN” लेखिएको
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा “2024 A.D.” लेखिएको
यस अघि २०७७ साल मंसिर १० गतेदेखि रुपैंया १० दर (सिरिज २०२०) को बैंकनोट सङ्केत नं. ढ ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. ३०००००१ देखि ८००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको केन्द्रीय बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया