काठमाडौं– नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणमा जुटेको छ। साउन १५ गतेभित्र मौद्रिक नीति ल्याइसक्नुपर्ने कानुनी प्रावधानकाबीच मौद्रिक तर्जुमामा जुटेको हो।
आइतबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमाका लागि राय/सुझाव माग गरेको हो । बैंकले सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन भनेको छ । असार १० गतेभित्र सुझाव पेस गरिसक्नुपर्नेछ ।



About Us
प्रतिक्रिया