कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – कुमारी बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंककले विभिन्न संस्थापक शेयर धनीको नाममा रहेको ५ लाख ६ हजार ९ सय ७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

बैंककले यस अघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको थियो । तर, विद्यमान संस्थापक शेयरधनीबाट कुनै आवेदन नआए पनि सो शेयर बैंकले सर्वसाधारणमा बिक्री खुला गरेको छ ।  

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्।आवेदन दिनका लागि यस बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल काठमाडौं–१ नक्साल नाग पोखरी वा यसै बैंंकको प्रधान कार्यालय काठमाडौं– टंगालमा आइपुग्ने गरी निवेदन दिन सकिनेछ ।