एयर इन्डिया दुर्घटना: साढे १० अर्ब बढीको बीमा दाबीको सम्भावना


काठमाडौं – एयर इन्डियाको उडान १ बोइङ ७८७–८ ड्रिमलाइनर विमान  दुर्घटनाले १० अर्बभन्दा बढी बीमा दाबी पर्न सक्ने अनुमान गरिएको छ । जुन सम्भावित रूपमा भारतको अहिलेसम्मकै सबैभन्दा महँगो उड्डयन बीमा भुक्तानी हुनेछ । 

दुर्घटनामा विमानमा सवार २४१ जना र विमान ठोक्किएका आवासीय भवनमा बसेका २४ जना गरी कुल २६५ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएकाे छ ।

एयर इन्डियाको फ्लीट २० अर्ब डलरको उड्डयन बीमा  गरिएको थियो । यो जोखिमको पुनर्बीमा एआईजीको नेतृत्वमा रहेको विश्वव्यापी कन्सोर्टियमद्वारा व्यवस्थित गरिएको  छ ।  टाटा समूहले मृतकका परिवारलालाई  भारु १ करोड क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ ।