६.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन


काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को दश महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्म कुल निक्षेप ३ खर्ब ९९ अर्ब ८१ करोड रुपैयाँ अर्थात् ६.२ प्रतिशतले बढेको हो ।

२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.५ प्रतिशत, ३५.९ प्रतिशत र ५०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको थियो ।

निक्षेपको संरचनातर्फ हेर्दा, २०८२ वैशाख मसान्तसम्म कुल निक्षेपमा मुद्दती खाताको हिस्सा ५०.८ प्रतिशत, बचत खाताको हिस्सा ३५.९ प्रतिशत र चल्ती खाताको हिस्सा ५.५ प्रतिशत रहेको देखिन्छ ।

अघिल्लो वर्षको सोही अवधिमा मुद्दती निक्षेपको हिस्सा ५९ प्रतिशत थियो भने बचत खाताको हिस्सा मात्र २९.१ प्रतिशत थियो । यसले बचतमा सुधार र मुद्दतीमा सामान्य कमी देखाएको छ।