आज सामान्य बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – आइतबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । यससँगै चाँदी २ हजार १६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा चाँदी २ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।