काठमाडौं – वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असारका लागी ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
बैंकहरुले प्रकाशन गरेको विवरणअनुसार १५ वटा वाणिज्य बैंकहरुले जेठको ब्याजदरलाई नै निरन्तरता दिएका छन् भने ५ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरुमा एभरेष्ट बैंक, कुमारी बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र एनआईसी एशिया बैंक रहेका छन्। ५ वटा बैंकहरुले ब्याजदर घटाउँदा असारमा वाणिज्य बैंकहरुको औषत ब्याजदर व्यक्तिगत तर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.३९ प्रतिशत कायम भएको छ ।
जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५.९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ५.९०२ प्रतिशत विन्दु कायम भएको छ । एनएमबि बैंकले ०.६ प्रतिशतले घटाएर व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, एभरेष्ट बैंकले ०.०९ प्रतिशतले घटाएर व्यक्तिगततर्फ ६.५५ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत, एनआईसी एशिया बैंकले ०.०५ प्रतिशतले घटाएर व्यक्तिगततर्फ ६.५५ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशतले ब्याजदर कायम गरेका छन् ।
यस्तै, कृषि विकास बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.०६ प्रतिशत घटाएर ५.४५ प्रतिशत र संस्थागततर्फ १.१२ प्रतिशत बढाएर ४.४५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, कुमारी बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२ प्रतिशत घटाएर ५.७१ प्रतिशत र संस्थागततर्फ ०.४ प्रतिशत घटाएर ४.५१ प्रतिशत ब्याजदर कायम गरेको छ ।
यसैगरी, नेपाल बैंकले असारका व्यक्तिगततर्फ ५.४५ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, असारका लागि सानिमा बैंकले व्यक्तिगततर्फ ६.३३ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत तोकेका छन् ।
यस्तै, नेपाल एसबीआई बैंकले व्यक्तिगत तर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगतर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर कायम गरेका छन् ।
यसैगरी, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ५.६५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ६.१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, माच्छापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
प्रतिक्रिया