काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको २ करोड ७२ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांकअनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ७२ लाख ६८ हजार ९ सय ९ पुगेका पुगेको छ ।
अघिल्लो महिना चैत्रसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ७० लाख १२ हजार २ रहेको थियो । गत असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो। नौ महिनामा ९.५८ प्रतिशत मोबाइल बैंकिङ्ग प्रयोगकर्ता बढेका हुन् ।
प्रयोगकर्ता बढेसँगै कारोबार रकम पनि बढेको छ । वैशाखसम्म मोबाइल बैंकिङ्गबाट ४ खर्ब ५६ करोड ९ लाख बराबरको कारोबार भएको छ । गत चैतसम्म मोबाइल बैंकिङ्गबाट ४ खर्ब ४० अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै, गत असारसम्म यस्तो कारोबार ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।



About Us
प्रतिक्रिया