काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट देखिएको थियो । मूल्यमा गिरावटसँगै त्यसदिन प्रतितोला सुन १ लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भयो । आइतबार घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला १ सय रुपैयाँले घट्यो ।
सोमबार प्रतितोला छापावाल सुन १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भयो। आइतबार र सोमबार लगातार दुई दिनसम्म घटेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ६ सय रुपैयाँले घट्यो। मंगलबार प्रतितोला छापावाल सुन १ लाख ९० हजार रुपैयाँमा कारोबार भयो ।
यो साताको बुधबार, बिहीबार र शुक्रबार भने सुनको मूल्य लगातार बढ्यो । बुधबार प्रतितोला १३ सय रुपैयाँ, बिहीबार १६ सय रुपैयाँ, शुक्रबार ४२ सय रुपैयाँले बढ्यो । ३ कारोबारको दिन क्रमशः प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ३ सय रुपैयाँ, १ लाख ९२ हजार ९ सय रुपैयाँ, १ लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भयो । समग्रमा यो साता सुनको मूल्यमा ६४ सय रुपैयाँको वृद्धि देखियो ।






About Us
प्रतिक्रिया