काठमाडौं – हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आईपीओमा जेठ ३० गते देखि आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपिओ निष्कासन गरेको हो ।
कम्पनीले कुल जारी पुँजीको ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन गरेको छ । जसमध्येबाट १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि र ९३ हजार २ सय ५० कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याएको छ ।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त आईपिइओमा स्थानीयले छिटोमा असार १३ गते र ढिलोमा २९ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले असार १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईशी एशिया क्यापिटल रहेको छ ।



About Us
प्रतिक्रिया