काठमाडौं – बैंक तथा वित्तीय संस्थाको लागि डिजिटल बैंकिङ्ग, नियो बैंकिङ्ग र ओपन बैंकिङ्ग एउटा पाटो हो । हाल नै हेर्ने हो भने मोबाइलबाट नै केवाईसी अपडेट गर्ने, ऋण लगानी गर्ने सुविधाहरु आइसकेका छन् । हाल बैंकहरुले क्रेडिट कार्ड, भर्चुअल इ कार्डहरु पनि दिन सक्ने स्थिती आइसकेको छ । यो अवस्थामा सरकारको वित्त पोलिसीले नियो बैंकिङ्गका अवधारणा लेराएको छ । यो स्वागतयोग्य छ । यसको विस्तृतमा राष्ट्र बैंककाे नीतिहरु पक्कै आउने छ । आजको दिनमा फिनटेकसँग बैंक तथा वित्तीय संस्थाले सहकार्य गरीरहेका छन् ।

नेपालको बैंकिङ्ग क्षेत्रमा धेरै कुराको परिवर्तन भैसकेको छ । म विगतलाई सम्झिन चाहन्छु । २०१९ मा डिजिटल फेमवर्क आएको थियो । जसमा आठ ओटा क्षेत्रलाई ८० वटाभन्दा बढी बुँदामा कार्यान्वयनको पहल समावेश गरिएको थियो । त्यसमध्ये एक हो राष्ट्रिय परिचय पत्र जसमा १ करोड ७० लाख जनसङ्ख्या समावेश भइसकेको छ । यसको अर्थ जुनसुकै नीति ल्याएपनि त्यसको कार्यान्वयन राम्रोसँग गर्न सकियो भने राम्रो नतिजा आउने हो ।
अहिलेको परिवेशमा बैंकिङ्ग क्षेत्र व्यवस्थितसँगै नियमनकारी रूपमा अघि बढिरहेको छ । तरलताको व्यवस्थापनको आधारमा र सुरक्षाको पक्षमा पनि बैंकहरूले निकै सजकता अपनाइरहेको अवस्था छ । नियो बैंकको अवधारणामा के कसरी काम गर्ने सुनिश्चित हुनुपर्छ । नियो बैंकिङ्गको अवधारणा ल्याउने कुरामा सबै किसिमको वर्गको लागि सहज हुने गरी नीति ल्याउनुपर्छ ।
(ग्लोबल आईएमई बैंकका डिजिटल बैंकिङ्ग प्रमुख विज्ञान अधिकारीले तेस्राे बैंकिङ्ग डिस्काेर्श २०२५ काे ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो बैंकको नियमाकीय अवधारणामा’ नामक तेस्रो सत्रमा राखेका विषयहरूमा आधारित)






About Us
प्रतिक्रिया