‘बैंकको सेवा नपुगेको ठाउँमा इसेवाले वित्तीय साक्षरताको लागि पहल गरिरहेको छ’ 


काठमाडौं – नेपालको सन्दर्भमा एक जना व्यक्तिको धेरै बैंकिङ्ग  खाताहरू खोलिएको अवस्था हुन्छ । सबै खाताको मोबाइल बैंकिङ्ग अवश्य हुन्छ । त्यो सबै मोबाइल बैंकिङ्गबाट भएको कारोबार एकै ठाउँ हेर्न मिल्ने व्यवस्था छैन । ‘ओपन’ बैंकिङ्ग को अवधारणा नहुँदा केही असहज हुने गर्छ । यही कुरालाई आधारमा राखेर इसेवाले इन्फ्रास्ट्रक्चरमा काम गर्दैछौँ । भोलिको दिनमा ‘ओपन’ बैंकिङ्गको अवधारणा आयो भने कसरी गर्न सकिन्छ त्यसको लागि काम गर्दैछौँ । ‘ओपन’ बैंकिङ्गले वित्तीय साक्षरताको लागि काम गर्छ । 

पछिल्लो समय धेरै जसो ठाउँमा डिजिटल रूपमा काम हुन् थालिसकेको छ । यसरी बुझ्न सकिन्छ कि नेपालमा सबै कुनाकाप्चामा प्रविधिको प्रयोगको विकास भैसकेको छ । त्यस्तो ठाउँहरूमा वित्तीय साक्षरताको लागि प्रोत्साहन गर्न थालेको छ। इसेवाले अहिले सूक्ष्म लगानीको लागि पनि प्रयास गरिरहेको  । सबै जनाले डिजिटल प्लेटफर्मबाट नै लगानी गर्न सकियोस् भन्ने हाम्रो लक्ष्य हो । जुन ठाउँमा बैंकको सेवा पुगेको छैन त्यहाँ इसेवा पुगेर वित्तीय साक्षरताको लागि पहल गरिरहेको छ । 

भविष्यमा नियो बैंकिङ्ग वा ओपन बैंकिङ्गको अवधारणा आयो भने त्यसलाई व्यवस्थापन वा कार्यान्वयनका समस्या होला नै पक्कै तर उपभोक्तामा वित्तीय साक्षरताको समस्या न्यून गर्न आवश्यक छ । त्यसको लागि डिजिटल कार्यक्रम, वित्तीय साक्षरता कार्यक्रमहरू गरेर यस्तो समस्याहरू समाधान गर्न आवश्यक छ । 

(इसेवाका चिफ स्ट्राटेजी अफिसर रवि शाक्यले ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो बैंकको  नियमाकीय अवधारणामा’ नामक तेस्रो सत्रमा राखेका विषयहरूमा आधारित)